गीत/गजल लेखनमा प्रकाश सुवेदी

Read Time = 5 mins

काठमाडौं । रूपा-७ कास्की स्थायी घर भई हाल राजधानी काठमाडौंमा रहेर गीतसंगीतको क्षेत्रमा सक्रिय हुनुहुन्छ प्रकाश सुवेदी । गीतकार र गजलकारका रूपमा उहाँले आफूलाई स्थापित गर्दै लानुभएको छ । सुवेदीले ‘भावना’ र ‘प्रदीप्त’ नामक एकल रचना रहेका सांगीतिक एल्बम, ‘प्रिशा’ र समिश्रण सामूहिक एल्बम निकाल्नुका साथै लगभग ४० जति गीत रेकर्ड गराएर श्रोता तथा दर्शकमाझ ल्याइसक्नु भएको छ ।

गीतकार तथा गजलकार प्रकट पंगेनीको लेखनकला र वाचनकलाबाट प्रभावित भएर गीत लेख्न सुरुवात गरेको बताउनुहुने सुवेदीका गीतमा कुनै वाद, दर्शन, सिद्धान्तभन्दा स्वछन्दता बढी झल्किन्छ । विभिन्न विषयमा अति सरल, सरस र मिठास तरिकाले प्रस्फुटित हुने प्रकाशका रचनामा प्रकृति प्रेम, राष्ट्रियता, आञ्चलिकता, बालमनोविज्ञान, सुखद् प्रेम, प्रेम पीडा, जीवनको यथार्थवोध, सचेतना र समाज रूपान्तरणको भाव रहेको पाइन्छ ।

सूक्ष्म विषयवस्तु र साधारण घटनालाई आफ्ना रचनामा समावेस गर्न सक्ने प्यासनलाई प्रोफेसन बनाउन सक्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । सुवेदीले पछिल्लो समयमा पनौती सुन्दर पनौती (पनौती नगरपालिकाको परिचयात्मक गीत), संस्कृतिले भरिपूर्ण सम्पदाकी खानी (दक्षिणकाली नगरपालिकाको परिचयात्मक गीत) हाम्रो प्यारो रूपा (रूपा गाउँपालिका कास्कीको परिचयात्मक गीत) जस्ता विभिन्न स्थानीय तहका परिचयात्मक गीत र दुःख बिमार हुनसक्छ (स्वास्थ्य बीमा बोर्ड), सीप सिकौं दक्ष बनौं (वैदेशिक रोजगार बोर्ड) जस्ता सरकारी निकायका लागि सचेतनामूलक गीति भिडियो निर्माण गर्नुभएको छ । सुवेदीले कोरोना संक्रमणका समयमा सुरुवातमै ‘मेरो विश्व मेरो घर’ ‘बाहिर नजाऊ हुन्नर ?’ र ‘भो शुभकामना नपठाऊ’ जस्ता सचेतनामूलक गीति भिडियोमार्फत सचेतना जगाउने काम समेत गर्नुभएको थियो । यस्तै विभिन्न लेख रचनामार्फत पनि उहाँले सचेतनाको कार्य गर्नुभएको थियो । गीतका अतिरिक्त गजल, मुक्तक, अर्टिकल र समालोचनामा समेत कलम चलाउने सुवेदी पत्रकारितामा समेत रुचि राख्नुहुन्छ ।

ADVERTISEMENT

२०६२ सालदेखि काठमाडौंमा आएर चलचित्र तथा श्रव्य/दृष्य मिडिया क्षेत्रबाट आफ्नो व्यावसायिक यात्रा आरम्भ गर्नुभएका सुवेदीले नलेखिएको साइनो (२०६२), खुशी पलभरको (२०६३), भोलि कहिल्यै देखिँदैन (२०६४) जस्ता टेलिसिरियल निर्माणसहित सकारात्मक सोचको अभियानका लागि चलचित्र ‘सिग्नेचर’ समेत निर्माण गर्नुभएको छ । सामाजिक संस्था स्कुल फाउण्डेशनको महासचिव, अन्तर्राष्ट्रिय मानव अधिकार आयोगको स्वयंसेवक र व्यावसायिक संस्था सभ्य सिर्जना प्रा.लि.को प्रबन्ध निर्देशकलगायत विभिन्न साहित्यिक संस्थाको आजीवन सदस्यसमेत रहनुभएका सुवेदी हालै सम्पन्न आठौं राष्ट्रिय राप्ती म्युजिक अवार्डबाट ‘सीप सिकौं दक्ष बनौं’ बोलको गीतबाट सर्वोत्कृष्ट गीतकारको रूपमा पुरस्कृत हुनुभएको छ ।

गीत संगीतसँग सम्बन्धित विभिन्न ५३ विधामा अवार्ड प्रदान गरिएको सो कार्यक्रममा प्रमुख आतिथ्य शहरी विकासमन्त्री मेटमणि चौधरीले गर्नुभएको थियो भने अध्यक्षता राप्ती समाजका अध्यक्ष सीमा पुरीले गर्नु भएको थियो । समाजका महासचिव एकराज भण्डारीले पूर्वाधमा औपचारिक रूपमा सञ्चालन गरेको कार्यक्रमको अवार्ड वितरणको भाग संस्थाका पूर्वअध्यक्ष शशीकुमार मजगैंयाले सञ्चालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. साहित्यिक सांगीतिक यात्रामा सफलता मिलीरहोस् ! हार्दिक बधाई शुभेच्छा भाइ ! 🙏🙏

रिलेटेड न्युज

छुटाउनुभयो कि ?