‘प्रेमगीत ३’ र विकास बोर्डबीच करलाई लिएर विवाद, चलचित्र क्षेत्र विभाजित

Read Time = 5 mins

काठमाडौं । चलचित्र ‘प्रेमगीत ३’ का कारण नेपाली फिल्म क्षेत्र विभाजित भएको छ । यो चलचित्रलाई लिएर सामाजिक सञ्जालमा एकअर्काले आफ्नो कटुता पाख्ने काम भइरहेको छ भने नाम चलेका कलाकारहरू नै विभाजित देखिएका छन् ।

‘प्रेमगीत ३’ अहिले नेपाली र हिन्दी भाषामा विश्वभर एकसाथ हजारभन्दा सिनेमा हलमा प्रदर्शन हुँदैछ । नेपालमा समेत हिन्दी भाषामा डब भएको ‘प्रेमगीत ३’ रिलिज हुने भएपछि यसलाई लिएर निर्माता कलाकारबीच सार्वजनिक बहसका साथै विभिन्न टीकाटिप्पणी र आरोप प्रत्योरोप गरिरहेका छन् ।

चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’ हिन्दी भाषामा रिलिज भए विदेशी फिल्मसरह कर बुझाउनुपर्ने भन्दै सूचना जारी गरेपछि निर्माण पक्ष आक्रोशित भएको हो । चलचित्रका निर्माता एवं निर्देशक सन्तोष सेन, अभिनेता प्रदीप खड्काले सार्वजनिक रूपमै विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा माग्नुभएको छ । नेपाली चलचित्रको विकास र प्रवद्र्धन गर्न स्थापना भएको विकास बोर्ड नेपाली चलचित्रको बजार खुम्च्याउन लागिपरेको आरोप उहाँहरूको आरोप छ ।

निर्माता अशोक शर्माले त ‘प्रेमगीत ३’ हिन्दीमा रिलिज हुँदा नेपाली चलचित्रको बजार घट्ने भन्दै विदेशीसरह कर तिर्न भन्दै लामो स्टाटस लेख्नुभयो । उहाँलाई सपोर्ट गर्दै सरोज खनाल, दीपकराज गिरीले समेत विदेशी फिल्मसरह कर तिर्नुपर्ने, ‘प्रेमगीत ३’ लाई कर छुट दिन नहुने भन्दै लबिङ गरेपछि निर्माता सन्तोष सेन आक्रोशित हुनुभएको छ ।

तर, चलचित्र निर्माता संघका पूर्वअध्यक्ष आकाश अधिकारी, अभिनेत्री करिश्मा मानन्धरलगायत धेरैजना ‘प्रेमगीत ३’ को पक्षमा उभिनुभएको छ । ‘प्रेमगीत ३’ को विश्वव्यापी प्रचार र रिलिजले भोलि नेपाली चलचित्रको बजार प्रवद्र्धन गरेको भन्दै विकास बोर्डले निश्चित कर छुट दिएर चलचित्र चलाउन दिनुपर्ने उहाँहरूको माग छ ।

ADVERTISEMENT

अभिनेत्री मानन्धरले सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै ‘प्रेमगीत ३’ को पक्षमा बोल्नुभएको छ । उहाँले कहिलेकाही नबोलुभन्दा पनि बोल्नुपर्ने रहेछ भन्दै चलचित्र विकास बोर्डलाई सुझावसमेत दिनुभएको छ । उहाँले निजी स्वार्थबाट उठेर चलचित्र क्षेत्रलाई अगाडि लैजानुपर्छ कुरामा जोड दिनुभएको छ ।

नेपाली चलचित्र विश्व बजारसम्म नपुगेको वर्तमान अवस्थामा नेपालीले नेपाली पैसा लगानी गरेर नेपालकै सुन्दर दृश्यहरू समेटेर, नेपाल कै कथामा बनेको चलचित्रलाई विदेशी भूमिमा चलाउनकै लागि त्यो मुलुकको भाषामा स्वराकिंत गर्दा के नराम्रो भयो ? भनेर उहाँले प्रश्नसमेत गर्नुभएको छ ।

भाषा एउटा माध्यम मात्र भएकाले ‘प्रेमगीत ३’ हिन्दी भाषामा स्वराकिंत गरिएको हुनसक्ने उहाँको तर्क छ । प्रेमगीत ३ लाई अंग्रेजी, चिनियाँ, इटालियन, जापानी र कोरियाली भाषामा समेत स्वरांकन गर्नुपर्ने करिश्माको सुझाव छ ।

हिन्दी वा विदेशी चलचित्र आउनासाथ सेन्सर गरेर देखाउन हतार गर्ने तर, नेपाली लगानीमा बनेको नेपाली चलचित्र विदेशी भाषामा स्वरांकन हुदाँ यसरी विवाद नगरी प्रदर्शनमा सघाउनुपर्ने उहाँको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?