प्रधानमन्त्री प्रचण्ड मोक्षधाम महायज्ञमा सहभागी

Read Time = 3 mins

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज काभ्रेपलाञ्चोकको पनौती कुशादेवी दारिम्बोटस्थित आदित्य मोक्षधाममा आयोजित तीन दिने महायज्ञ महाअनुष्ठानमा सहभागी हुनुभएको छ ।

उहाँले प्रस्तावित उक्त मोक्षधाममा हाल भइरहेको धार्मिक गतिविधिको जानकारी लिनुभयो । प्रधानमन्त्री दाहालले विश्व कल्याण एवं सङ्कट निवारणको उद्देश्यका साथ आयोजित महाअनुष्ठानको होम तथा जलकुण्ड स्थानको समेत अवलोकन गर्नुभयो ।

उहाँले ओम आदि फाउण्डेशनको आयोजनामा भइरहेको महायज्ञ महाअनुष्ठान तथा मोक्षधाममा निर्माण गरिने भौतिक संरचनाबारे संस्थाका अध्यक्ष डा उपेन्द्र महत्तोसँग जानकारी लिनुभएको छ ।

बिहीबारदेखि सुरु भएको महायज्ञ महाअनुष्ठान कार्यक्रममा एक सय आठ कुण्डीय तान्त्रिक एवं मान्त्रिक हवन (जसलाई अग्नि एवं जलकुण्ड भनिन्छ), देवी भागवतसहित सात पुराण एवं दुर्गा सप्तशती चण्डी पाठ, चार वेद पाठ पारायण(चार दिशामा), दिव्य शिवलिङ्ग एवं हिमालय प्रतिस्थापन, पृथ्वी यन्त्र, नवरत्न नागमणि, महाकाली स्थापना, ओमकार यन्त्र प्रतिस्थापन, चित्त अग्नि साधना र एक हजार आठ शिवलिङ्ग प्रतिष्ठा एवं विधिवत् अनुष्ठान भइरहेको छ ।

ADVERTISEMENT

यस्तै नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले आजै उक्त धाममा आयोजित तीन दिने महायज्ञ महाअनुष्ठानमा केही समय सहभागगिता जनाउनुभएको छ । उहाँले पनि होम तथा जलकुण्डस्थानको अवलोकन गर्नुभयो ।

महायज्ञ महाअनुष्ठानमा २७ देशको जल र माटो ल्याइएको फाउण्डेशनका सदस्य सचिव रामेश्वर थापाले जानकारी दिनुभयो । ऋषिभूमि र यज्ञभूमि नेपाललाई विश्वभर चिनाउने अलौकिक गन्तव्य बनाउने सङ्कल्पनाका साथ आदित्य मोक्षधाम निर्माण गरिएको बताइन्छ ।

मोक्षधाममा निर्माण गरिने एकसय अधिक स्मारक अनौठो र विलक्षण तथा कलात्मक र दिव्यताले भरिपूर्ण हुने जनाइएको छ । मोक्षधामलाई भविष्यमा योग, ध्यान, साधना, संस्कार र संस्कृतिका विशाल ज्ञान केन्द्रका रूपमा परिचित गरी एक धार्मिक गन्तव्य बनाइने परिकल्पना तयार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?