अभिनेता पल शाहको मुद्दा सुनुवाइ स्थगित

Read Time = 1 min

तनहुँ । अभिनेता पल शाहको आइतकारको मुद्दा सुनुवाइ स्थगित भएको छ । चिट्टा थुत्ने क्रममा जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगाना घर बिदामा हुनुभएका कारण मुद्दाको सुनुवाइ स्थगित भएको तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार मिति तोक्न बाँकी रहेकाले दशैँपछि सुनुवाइ हुने सम्भावना छ ।

कलाकार शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर, नवलपुरले उनलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुव्र्यवहारको अभियोगमा साढे दुई वर्षको कैद सजाय, १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकेको छ ।

ADVERTISEMENT

गत ११ फागुनमा नाबालिग माथि पटकपटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । त्यसको चार दिनपछि अभिनेता शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए । त्यसपछि गत ३० चैतदेखि थुनामा रहेका शाह हाल तनहुँ जिल्ला कारागारमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?