काठमाडौं । नेपालको पहिलो र एकमात्र साहित्यिक साप्ताहिक पत्रिका कपन-बानेश्वरको बाह्रौं वार्षिकोत्सव कार्यक्रम आयोजना गरियो । उक्त अवसरमा वसन्त रिजाल, गणेश मिश्र र रूपाञ्जलि चालिसेलाई कबा विशिष्ट सम्मान तथा रमेशप्रसाद खनाललाई कबा सम्मान अर्पण गरियो । यसरी नै डा.छायाँदत्त न्यौपानेलाई नालांग, गंगा आचार्य सापकोटालाई पुष्करप्रसाद श्यामा खरेल स्मृति, राम आचार्य पुष्पप्रेमीलाई गंगा लिगल, सुशील आचार्यलाई भमरकोटे सुसेली र अनिता तामाङलाई हेमगंगा कबा रचना पुरस्कार-२०८० अर्पण गरियो ।
कार्यक्रममा साहित्यिक पत्रकार जयराम बिडारीलाई महेन्द्र चालिसे कबा साहित्यिक पत्रकारिता पुरस्कार-२०८० समर्पण गरिएको थियो ।
वरिष्ठ साहित्यकारहरू विजय चालिसे, प्राडा.रामप्रसाद ज्ञवाली, वेदमणि घिमिरे, प्राडा.हेमनाथ पौडेल, प्राडा.गोविन्दमान सिंह कार्की, प्रवीण जोशीले सम्मान पत्र प्रदान गर्नुभएको थियो भने संरक्षक सदस्यहरू माधवलाल श्रेष्ठ, सञ्चिता खरेल, गंगा लिगल, दुर्गा भमरकोटे, गङ्गा पौडेल र महेन्द्र चालिसेले पुरस्कृतहरूलाई नगद अर्पण गर्नुभएको थियो ।
कबा साहित्यकार उपचार कोषका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेले पाँच लाखको अक्षयकोष स्थापना गरी साहित्यकार उपचार कोष स्थापना भएको घोषणा गर्नुभयो भने कोषाध्यक्ष त्रिलोचन आचार्यले कोषको कार्यविधि प्रस्तुत गर्नुभएको थियो । संस्थाका सल्लाहकार शंकर भारतीको सभापतित्व र व्यवस्थापक विमल कोइरालाको सञ्चालनमा भएको उक्त कार्यक्रममा राम अचार्यको कृति ‘अभावका सुस्केराहरू’ कवितासंग्रहको विमोचन गरिएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता