रोनाल्डोको गोलमा युनाइटेडको जित

Read Time = 3 mins

लण्डन । क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा मोल्दोभालाई उसकै मैदानमा २-० ले पराजित गरेको छ । युनाइटेडका लागि रोनाल्डोसँगै अर्को गोल जेडान साञ्चोले गर्नुभयो । खेलको १७औं मिनेटमा जेडान साञ्चोको गोलबाट युनाइटेडले सुरुवाती अग्रता लिएको थियो । ३९औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पार्नुभयो । यो सिजनमा आठ खेल खेल्दा रोनाल्डोको यो पहिलो गोल हो ।

उहाँको यो व्यावसायिक खेल करिअरमा क्लबका लागि ६९९औं गोल हो । यही समूह ‘ई’ को खेलमा स्पेनिस क्लब रियल सोसिडाडले लगातार दोस्रो जित निकाल्दै आफ्नो शीर्षतालाई यथावत् राखेको छ । सोसिडाडले साइप्रसको ओमोनिया निकोसियालाई २-१ ले पराजित गरेको छ । यस नतिजासँगै सोसिडाड ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पहिलो जित निकालेको युनाइटेड तीन अंक जोडेर दोस्रो स्थानमा छ । तीन अंक नै रहे पनि सेरिफ हेड टु हेडमा तेस्रोमा छ । ओमोनियाले अंकको खाता खोल्न सकेको छैन ।

ADVERTISEMENT

यस्तै अर्को खेलमा इटालियन क्लब रोमाले लाजियालाई ३-० गोलअन्तरले पराजित गरेको छ । रोमाको सहज जितमा पाउलो डिबाला, लोरेञ्जो पेलिग्रेनी र एन्ड्रिया बेलोट्टीले एक-एक गोल गर्नुभयो । यस जितसँगै रोमा दुई खेलबाट तीन अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
समान तीन अंक नै रहेपनि लुडोगोरेट्स राजग्राड दोस्रो स्थानमा छ । पराजित एचजेकेले अंकको खाता खोल्न सकेको छ । यही समूहको अर्काे खेलमा स्पेनिस क्लब रियल बेटिसले बुल्गेरियाको लुडोगोरेट्स राजग्राडलाई ३-२ ले पराजित गरेको छ ।

अर्काे खेलमा इटालियन क्लब लाजियोले डेनमार्कको मिट्जेल्यान्डसँग ५-१ को लज्जास्पद हार बेहोरेको छ । मिट्जेल्यान्डको जितमा पाउलिन्हो, सोरी कावा, इभान्डर फेरेइरा, गुस्ताव इसाकसेन र एरिकले गोल गर्नुभयो लाजियोका सेरगेज मिलिन्कोभिक साभिकले एक गोल फर्काउनुभयो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?