बार्सिलोनालाई हराउँदै बार्यन शीर्ष स्थानमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोना बार्यन म्युनिखसँग हारेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना बार्यनसँग २-० गोल अन्तरले पराजित भएको हो ।

मंगलबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । भने दोस्रो हाफमा बार्यनले दुई गोल थपेको हो ।

बायर्नलाई जित दिलाउन लुकास हर्नान्डेज र लोरी सानेले एक एक गोल गरे । खेलको ५० औं मिनेटमा हर्नान्डेजले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ५४ औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई २-० गोलको जित दिलाए । बायर्नको यो लगातार दोस्रो जित हो ।

ADVERTISEMENT

जितसँगै समूह ‘सी’ को बायर्नले २ खेलमा ६ अंक जोडेको छ । बायर्न समूहको शीर्ष स्थानमा रहेको छ ।

बार्सिलोनाको पहिलो हार हो । बार्सिलोना ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजेनलाई २-० ले हराएर पहिलो जित निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?