बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलको तयारीमा रहेको राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । अर्को महिना हुने खेलका लागि राष्ट्रिय फुटबल टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले दोस्रो चरणमा ४० बाट ३० खेलाडीको छनोट गर्नुभएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार बाहिरिने खेलाडीमा देवेन्द्र तामाङ, छिरिङ गुरुङ, निशान खड्का, अमित तामाङ, गौतम श्रेष्ठ, पुजन उपरकोटी, राजन गुरुङ, सुवास गुरुङ, जर्जप्रिन्स कार्की र आशिष चापागाई दोस्रो चरणमा छनोट हुन सक्नुभएन । नेपाल र बंगलादेशबीच असोज ११ गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ ।

ADVERTISEMENT

दोस्रो चरणमा छनोट भएका ३० खेलाडीमा गोलकिपर किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ र दीप कार्की, रक्षकमा अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दीनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल हुनुहुन्छ ।

यस्तै, मिडफिल्डमा तेज तामाङ, सेसेहाङ आङदेम्बे, विशाल राई, एरिक विष्ट, मनीष डाँगी, सुरज ज्यू ठकुरी, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, आभाष लामिछाने, सुदीप गुरुङ, सन्जोग राई र अञ्जन विष्ट हुनुहुन्छ । यस्तै, फरवार्डमा विमल घर्तीमगर, रितिक खड्का, अभिषेक रिजाज, भरत खवास, आशिष चौधरी, नवयुग श्रेष्ठ हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?