झापाबाट ४४९ खेलाडी छनोट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

झापा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि झापाबाट चार सय ४९ खेलाडी छनोट भएका छन् । उक्त प्रतियोगिता अन्तर्गत प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा भाग लिन २७ विधामा ४४९ जना खेलाडी छनोट भएका हुन् । भदौ ४ गतेदेखि सुरु भएको खेलाडी छनोट प्रतियोगिता आज औपचारिकरूपमा समापन गरिएको छ ।

समापन कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले खेलकुद देशको पहिचानको महत्वपूर्ण आधारस्तम्भ भएकाले खेलकुदलाई सबै क्षेत्रबाट सहयोग पुर्‍याउनुपर्नेमा जोड दिनुभयो । उहाँले खेल र खेलाडीलाई साधनस्रोत र सुविधा उपलब्ध गराउन सके अपेक्षाकृत सफलता मिल्ने बताउनुभयो ।

ADVERTISEMENT

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) ले छनोट प्रतियोगिताको गतिविधिबारे जानकारी गराउनुभएको थियो । सीमित स्रोतसाधनका बाबजुद भव्यरूपमा छनोट प्रतियोगिता आयोजना गरी सफलतापूर्वक सम्पन्न गरिएको बताउनुभयो । सोही कार्यक्रममा खेलकुद विकास समितिमा प्रशिक्षकका रूपमा लामो समय सेवा पुर्‍याएर सेवानिवृत्त हुनुभएका दुई प्रशिक्षकलाई सम्मान गरिएको छ । हक्कीका प्रशिक्षक ज्ञानेन्द्र खड्का र तेक्वान्दोका प्रशिक्षक प्रदीप श्रेष्ठलाई सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?