विश्वकप क्रिकेटको ट्रफी आज सगरमाथा नजिक, भोली भक्तपुरमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटको ट्रफी नेपाल आइपुगेको छ।

विश्वकप ट्रफी विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने क्यानका जनरल म्यानेजर वृतान्त खनालले जानकारी दिनुभयाे ।

उहाँका अनुसार मंगलबार बिहान सगरमाथाको काखमा रहेको गोक्यो तालमा विश्वकप ट्रफी प्रदर्शनी गरिनेछ भने बुधबार बिहान भक्तपुर दरबार स्क्वायरमा ट्रफी प्रदर्शनीमा राखिने छ । क्रिकेट प्रेमी सर्वसाधारणले पनि ट्रफी हेर्न र तस्बिर खिच्न पाउने छन्।

ADVERTISEMENT

‘ट्रफी टुर’ अन्तर्गत विश्वकप ट्रफी नेपाल ल्याइएको हो । टी-२० विश्वकप ट्रफीलाई विश्वका विभिन्न मुलुकको भ्रमण गराउने क्रममा नेपाल ल्याइएको हो । टी-२० विश्वकप क्रिकेटको सय दिने काउन्टडाउन सुरु गर्दै ट्रफी विभिन्न मुलुकमा भ्रमण गराइएको हो ।

गत जुलाईमा अस्ट्रेलियाको मेलबर्नमा सय दिने काउन्टडाउनसँगै ट्रफी टुरको शुभारम्भ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?