धरान-६ का वडा अध्यक्ष राप्रपामा प्रवेश

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-६ का निर्वाचित वडा अध्यक्ष भुपेन्द्र भट्टराई राप्रपामा प्रवेश गर्नुभएकाे छ ।

भूगोल केन्द्रीत जिम्मेवारीका लागि धरान पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनले बिहीबार बिहान धरान पानमारामा आयोजित कार्यक्रममा भट्टराईलाई पार्टीको सदस्यता प्रदान गरी स्वागत गर्नुभएकाे छ । भट्टराई गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएकाे हाे ।

ADVERTISEMENT

त्यसअवसरमा धरान-६ का अगुवा कार्यकर्तालाइ शुभकामनासहित सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीले देशका सबै स्थानीय तहमा केन्द्रीय नेताहरुलाई भूगोल केन्द्रीत जिम्मेवारीमा खटाएको र आफूले धरान छनौट गरेको बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?