गौरबाट १७० केजी गाँजा बरामद

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

रौतहट । रौतहटको गौर नगरपालिका-२ बकैया खोला किनारबाट करिब १७० किलोग्राम अवैध लागूऔषध गाँजा गएराति प्रहरीले बरामद गरेको छ ।

अपरिचित व्यक्तिहरूले १७ वटा पोकामा राखेर उक्त गाँजा नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

ADVERTISEMENT

अस्थाई प्रहरी पोष्ट महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपालको बिओपी गौर रौटहटबाट खटिएको संयुक्त प्रहरी टोलीलाई देख्नासाथ सोही स्थानमा गाँजा छोडी लाने व्यक्तिहरु फरार भएपछि प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।

हाल फरार अपरिचित व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?