धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाँक्रे गाउँपालिका वडा नम्बर ७ स्थित आठ किलोमा बसले ठक्कर दिँदा एकजनाको मृत्यू भएको छ ।
मृत्यु हुनेमा धरान उपमहानगरपालीका १७ घर भएका अन्दाजी २२/ २३ वर्षका सुदेश सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पोखराबाट काठमाण्डौतर्फ आउँदै गरेको ग १ ख ९८६८ नंवरको यात्रु बसले ठक्कर दिँदा सुनुवारको मृत्यू भएको हो।
सडक छेउमा तान्दैगरेको इन्टरनेटको तार बसमा अल्झिँदा सुनुवारको घटनास्थलमा नै मृत्यू भएको हो । स्थनीयले अहिले राजमार्ग अवरोध गरेका छन् ।






