पिएसजीको जितमा एमबाप्पेको हृयाट्रिक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

पेरिस । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमो लिलमाथि उसकै मैदानमा ७–१ को सानदार जित हात पारेको छ । पिएसजीको जितमा केलियन एमबाप्पेले हृयाट्रिक पूरा गर्दा नेमारले दुई तथा लियोनेल मेस्सी र अचरफ हाकिमीले समान एक-एक गोल गर्नुभयो । लिलका जोनाथन बम्बाले एक गोल फर्काउनुभएको थियो ।

खेलको ८ सेकेन्डमै एमबाप्पेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लियो । २७औँ मिनेटमा नुनो मेन्डिसको पासमा मेस्सीले पिएसजीको अग्रता दोब्बर पार्नुभयो । ३९औँ मिनेटमा अचरफ हाकिमीले र ४३औँ मिनेटमा नेमारले गोल गरेपछि पिएसजी पहिलो हाफमा ४-० ले अघि रहृयो ।

५२औँ मिनेटमा नेमारले हाकिमीको पासमा गोल गर्दै पिएसजीलाई फराकिलो जिततर्फ अग्रसर गराउनुभयो । तर, ५४औँ मिनेटमा जोनाथनले गोल गर्दै खेललाई ५-१ को स्थितिमा ल्याउनुभयो । त्यसपछि एमबाप्पेले ६६औँ मिनेटमा तथा ८७औँ मिनेटमा गोल गर्दै हृयाट्रिक पूरा गरेसँग पिएसजी ७–१ को फराकिलो अन्तरले विजयी बन्यो ।

ADVERTISEMENT

यो जितसँगै अपराजित रहेको पिएसजी तीन खेलबाट नौ अङ्क जोडेर शीर्षस्थानमा रहेको छ । पराजित लिल चार अङ्क जोडेर १२औँ स्थानमा रहेको छ ।

चेल्सी स्तब्ध
यता लन्डन क्लब चेल्सीले इङ्ग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग लज्जास्पद हार बेहोर्‍यो । चेल्सीले लिड्स युनाइटेडसँग उसकै मैदानमा ३-० को लज्जास्पद हार बेहोरको हो । लिड्सको जितमा ब्रेन्डेर आरन्सन, रोड्रिगो र ज्याक हृयारीसनले गोल गर्नुभयो ।

खेलको ३३औँ मिनेटमा आरन्सनले गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाउनुभयो । ३७औँ मिनेटमा रोड्रिगोले र ६९औँ मिनेटमा ज्याक हृयारीसनले गोल गर्दै चेल्सीलाई स्तब्ध पार्नुभयो । जितसँगै लिड्सको तीन खेलबाट सात अङ्क पुगेको छ । अपराजित रहेको लिड्सले दुई जित र एक बराबरीको नतिजा निकालेको छ । चेल्सीले समान एक जित, हार र बराबरीको नतिजा निकालेको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?