‘महानगर’ पोष्टर सार्वजनिक

Read Time = 3 mins

काठमाडौं । कथानक चलचित्र महानगर (वान नाइट इन काठमाडौं) को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई लिएर बनेको सो चलचित्रमा कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ ।

सन् २०२१ म कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको यस चलचित्र अमेरिकाको ब्रुकलिन फिल्म फेष्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेष्टिभल, वासिंटन डी.सी.साउथ एसियन फिल्म फेष्टिभल, स्पेनको एसियन फिल्म फेष्टिभल बार्सिलोना र नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेष्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेष्टिभल (निफ)मा अफिसियल स्क्रिनिङ भइसकेको छ । यसका साथै इण्डस भ्याली इन्टरन्याश्नल फिल्म फेष्टिभलमा पनि महानगर छनौट भएको छ । चलचित्रले निफमा राष्ट्रिय चलचित्रको क्याटगोरीमा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो भने नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेष्टिभलमा नेपाली पानोराम अन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो ।

ADVERTISEMENT

माउण्टेन रिभर फिल्मस् तथा गो विन् प्रोडक्सन्स सँगको सहकार्यमा मिडलवे फिल्मस्ले निर्माण गरेको महानगरको लेखन निर्देशन मोहन राईले गर्नुभएको हो भने चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, परीक्षित झाको सम्पादन, किशोर आर्चायको ध्वनि सम्पादन तथा पुष्पासंगमको संगीत छ । चलचित्रको कार्यकारी निर्माता गोविन्द पराजुली हुनुहुन्छ भने नवनिधि दाहाल यसका क्रिएटिभ प्रडुसर हुनुहुन्छ । चलचित्रको प्रदर्शन मिति तोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?