सुनचाँदी विधेयकको मस्यौदा बनाउँदै व्यवसायी

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सुनचाँदी व्यवसायी सुनचाँदी व्यवसायको व्यवस्थापन गर्ने विधेयकको मस्यौदा बनाउन जुटेका छन् । विधेयकको प्रारम्भिक मस्यौदाबारेमा नेपाल सुनचाँदी व्यवसायी महासंघले हालै आयोजना गरेको छलफल कार्यक्रममा उपस्थित सांसद तथा कानुन व्यवसायी एवं व्यवसायीले स्पष्ट ऐन बनाएर व्यवसाय गर्दा राज्य, व्यवसायी र उपभोक्ता सबैलाई फाइदा पुग्ने बताए ।

सांसद रणेन्द्र बराइलीले कुनै पनि पेशा व्यवसाय गर्न स्पष्ट ऐनको आवश्यकता पर्ने भएकाले सुनचाँदी तथा हिरा, जवाहरात जस्ता बहुमूल्य वस्तुको कारोबारका लागि पनि ऐन अपरिहार्य हुने भन्दै ऐन सरकार, व्यवसायी र उपभोक्ता सबैलाई फाइदा पुग्ने गरी बनाइनुपर्नेमा जोड दिनुभयो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले व्यवसाय सञ्चालनसम्बन्धी ऐन अभावमा धेरै किसिमका समस्या आएको उल्लेख गर्दै सरोकारवाला सबै पक्षलाई फाइदा पुग्ने गरी ऐन ल्याउन सहयोग गर्न व्यवसायी तयार रहेको बताउनुभयो ।

ADVERTISEMENT

सो अवसरमा महासंघका सल्लाहकार तीर्थमान शाक्य, कानुनी सल्लाहकार शिव रिजाल, वरिष्ठ अधिवक्ता रामनारायण विडारी, अधिवक्ता ज्ञानरत्न शाक्य, नेपाल कानुन समाजका कृष्णमान प्रधान, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य रामहरि श्रेष्ठ, महासंघका विशिष्ट सदस्य मणिरत्न शाक्य, उपाध्यक्ष दियेशरत्न शाक्य र महेन्द्ररत्न शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ र पदाधिकारी समिति सदस्य रविन शाक्यलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?