गाईजात्राको अवसरमा हास्य कलाकारहरुको व्यंग्यात्मक प्रस्तुति

Read Time = 3 mins

काठमाडौं । गाईजात्राको अवसरमा हास्य कलाकारहरुले देशको विभिन्न क्षेत्रको समसामयिक अवस्थाको बारेमा व्यंग्य गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा एक औपचारिक कार्यक्रमका बीच देशका चर्चित तथा स्थापित हास्य कलाकारहरुले विभिन्न क्षेत्रको समसामयिक अवस्थाको सम्बन्धमा चोटिलो व्यंग्य गर्नुभएको हो । उहाँहरुले विभिन्न पार्टीका शीर्ष नेताहरुका नक्कल (क्यारिकेचर) समेत गर्नुभएको थियो । कलाकार जितु नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको क्यारिकेचर गरेर दर्शक हसाउनु भएको थियो । त्यसैगरी उहाँले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितको क्यारिकेचर गर्नुभएको थियो । उहाँले देश भद्रगोल अवस्थामा पुगिसकेको भन्दै अब नक्कल र व्यंग्य नभइ सिधा खबरदारी गर्नुपर्ने बेला भइसकेको बताउनु भयो ।

वरिष्ठ कलाकार किरण केसीले गाईजात्रे मन्त्रीमण्डलमा पर्यटनमन्त्री बनेको भन्दै होटल तथा पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न कुराहरुमाथि व्यंग्य गर्नुभयो । उहाँले राजनीतिको सम्बन्धमा व्यंग्यात्मक कविता पनि सुनाउनु भयो ।

कलाकार शैलेन्द्र सिंखडाले मानिसको स्वभावको सम्बन्धमा व्यंग्यात्मक कविता सुनाउनु भयो ।

ADVERTISEMENT

कलाकार दमन रुपाखेतीले नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको क्यारिकेचर गर्नुभयो । आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीको सम्बन्धमा उहाँको विषयवस्तु थियो ।

कलाकार शिवशंकर रिजालले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनलाई विषयवस्तु बनाएर व्यंग्य प्रस्तुति दिनुभयो ।

त्यसैगरी कलाकार श्रीकृष्ण सिंखडाले प्रधानमन्त्री शेरबहादुर देउवाको क्यारिकेचर गर्नुभयो ।

साथै उहाँले चोटिला–चोटिला व्यंग्य कविता सुनाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?