काठमाडौं । सिजी कम्युनिकेसन्सले सिजी डिजिटल र पेमेन्ट पार्टनर इसेवासँग सहकार्य गर्दै दशैँ क्याम्पेन हृयाट्रिक दक्षिणा सार्वजनिक गरेको छ । विश्वकप क्रिकेटसमेतलाई दृष्टिगत गर्दैै ल्याएको हृयाट्रिक दक्षिणा क्याम्पेनले उपभोक्तालाई अतुलनीय फाइदा प्रदान गर्ने कम्पनीको दाबी छ ।
सिजी डिजिटल र सिजी नेटबीचको सहकार्यमार्फत् योजनाअन्तर्गत उपभोक्ताले पहिलेकै मूल्यमा तेब्बर गतिको इन्टरनेट सुविधा प्राप्त गर्न सक्ने बताइएको छ । साथै विभिन्न कम्बो छुटको लाभ लिँदै ३२ हजार आठ सय ५९ रुपैयाँ पर्ने ४३ इञ्चको सिजी स्मार्ट टिभीका साथ तीन महिनाका लागि सिजी नेट प्लस आइपिटिभीको ८० एमबिपिएस सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । जुन वास्तविक मूल्यको आधा हो । त्यसैगरी ३२ इञ्चको सिजी स्मार्ट टिभी २२ हजार छ सय ४४ रुपैयाँमा खरिद गर्दा तीन महिनाका लागि सिजी नेट प्लस आइपिटिभीको ५० एमबिपिएस सुविधा प्राप्त गर्न सकिनेछ ।
सिजी स्मार्ट टिभीका लागि अधिकतम छुट सुविधाका साथै यस अफरअन्तर्गत उपभोक्ताले ५० र ८० एमबिपिएस गतिको इन्टरनेट सुविधा खरिद गर्दा तेब्बर गतिको इन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन् । साथै इसेवाका माध्यमबाट सिजी नेटका प्याकेज खरिद गर्दा पाँच सय रुपैयाँसम्मको क्यासब्याकसमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts