नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका भूतपूर्व अलराउन्डर मनोज प्रभाकर नियुक्त भएका छन् ।

भारतीय टोलीका पूर्वअलराउन्डरसमेत रहेका ५९ वर्षीय प्रभाकरलाई नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका थिए । यसअघि उनी अफगानिस्तान क्रिकेट टिममा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

त्यस्तै उनी रणजी ट्रफीमा दिल्ली, राजस्थान र उत्तर प्रदेश टिमको पनि प्रशिक्षक थिए ।

ADVERTISEMENT

नियुक्ति भएसँगै प्रभाकरले भने, 'नेपाली क्रिकेटसँग काम गर्न इच्छुक छु । जहाँ क्षमतावान् र प्रभावशाली खेलाडी छन् ।'

यसअघि श्रीलंकन प्रशिक्षक पुबुदु दासानायेकेले राजीनामा दिएपछि नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक खाली थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?