कविता : भोकको मूल्य

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

✍️ अच्युतराज दाहाल

ADVERTISEMENT

एक जोडी सुख्खा आँखा
रस हराएका फुस्रा ओठ
न्यास्रो अनुहारसँग टाँसिएर
बाँच्नकै लागि बाँचिरहेछन्
एकभुँडी भोक बोकेर
भोक हराएको हल्लाका बीच
भोकसँगै भिडिरहेछ्न्
नालाका कीराझैँ
परिचय हराएका

बाटो बिराएका
कि
अस्तित्व गुमाएका
कलिला पैतालाहरू
आफ्नो भुँडीको विरुद्ध आन्दोलन गर्न
हात थाप्दै सडकभरि सलबलाएका छ्न्
प्रगतिका ठूला ठूला होर्डिङ र विज्ञापनहरूमा
निर्निमेष खोजिरहेछन्
आफ्नो अनुहारको चित्र
कठै ¤ यी रङ्गीन होर्डिङमुनि उभिएर
एउटा सेल्फी खिच्न कति रहर होला नि !
हातमा एउटा एनड्रोइड फोन बोकेको सपना
यिनीहरूको आँखाले पनि त बोक्दो हो ।
मानिस भन्छ्न्
भोक हरायो रे-
हरायो होला क्तै
हरायो होला
सरकारी दस्तावेजहरूमा
बिकेका च्यानलहरूमा
क्षमताका नशाले रल्लिएका जवानीहरूमा
हावाले उढाएका खोक्रा मस्तिष्कहरूले
भोकको अस्तित्व सङ्कटमा परेको देख्लान्
तर,
ओठ निचोर्दा दूध निस्कनेहरू
सडक-बजार
उद्योग-कारखानामा
भोकको विरोधमा महाभारत लडेको देख्दा
भोकको अस्तिस्व र शक्ति स्वतः प्रमाणित हुँदैन ?
भोकलाई मात्र चिन्दछन् उनीहरू
भोकलाई मात्रै देख्छन् सपनामा,
विपनामा
भोक एक चिरन्तन यथार्थ हो यिनीहरूका लागि
भोकको दुनियाँको क्तै अन्त्य छ
भोगको पनि एउटा साम्राज्य हुन्छ
यो त सोच्नै नसक्ने कुरा हो उनीहरूका लागि
भोक
कहिले
भोकभोकै मर्छ
कसैसँग छ यो हाजिरी जवाफको उत्तर ?
छ कसैसँग ?
कि भोकलाई घाउ बल्जिनरहे
सत्ताको बागडोर हत्याउन सकिँदैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?