काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै कांग्रेस र एमालेका नेताहरु शुक्रबार राति नै राष्ट्रपति भवन शीतल निवास जान लागेका छन् ।
कांग्रेस-एमालेले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेका छन् ।
कांग्रेस नेता प्रकाशशरण महतले आजै दुई दलका नेताहरु एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न आग्रहसहित दाबी पेश गर्न शीतल निवास जान लागेको जानकारी दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts