पावर लिफ्टिङको उपाधि मञ्जिता र बलरामलाई

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । निबोध एरोबिक एन्ड जिमकी मञ्जिता राजभण्डारी र रोयल आइरन जिनका बलराम डुम्रेले रूपन्देही जिल्लास्तरीय पावर लिफ्टिङ प्रतियोगिताको उपाधि जित्नुभएको छ । रूपन्देही पावर लिफ्टिङ संघको आयोजना तथा रूपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ र रूपन्देही जिल्ला व्यायाम तथा फिट्नेस व्यवसायी संघको सहकार्यमा भएको प्रतियोगिताको महिलातर्फ ५७ केजीभन्दा कम वजन समूहकी विजेतासमेत रहनुभएकी मञ्जिताले बलिष्ठ महिलाको उपाधि जित्नुभयो । उहाँले स्क्वायटमा ९० केजी वेञ्च प्रेसमा ४६.५ केजी र डेड लिफ्टमा ९८ केजी गरी कुल २ सय ३४.५ केजी वजन उचाल्नुभएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ ६५ केजीभन्दा कम वजन समूहका विजेता बलराम अलओभर च्याम्पियन बन्नुभएको थियो । उहाँले स्क्वायटमा १४० केजी वेञ्च प्रेसमा ९० केजी र डेड लिफ्टमा १७० केजी गरी कुल चार सय केजी वजन उचाल्नुभएको थियो । छनोट चरण पार गर्दै ३० खेलाडी फाइनल राउन्डमा प्रवेश गरेका थिए ।

ADVERTISEMENT

दुवैतर्फका विजेताले मेडल, ट्रफी, व्यानेट प्राप्त गरे । वजन समूहका विजेताले प्रमाणपत्र र जनही पाँच हजार प्राप्त गरे । प्रतियोगिताको निर्णय निर्णायकहरू बुद्धिजंग कार्की, शिवध्वज राई, राजकुमार श्रेष्ठ, ज्ञाननारायण महर्जन, प्रकाश केसीले गर्नुभएको थियो ।

ओलम्पियन तथा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री सुरेन्द्र हमाल, रूपन्देही पावर लिफ्टिङ संघका अध्यक्ष चन्द्रमान श्रेष्ठ, नेपाल पावर लिफ्टिङ संघका महासचिव शुक्रराज प्याकुरेल, संस्थाका केन्द्रीय सदस्य उत्सव अधिकारी, रूपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नारायण पुनलगायतले विजेता खेलाडीलाई पुरस्कृत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?