एन्फालाई खेलाडी संघका पाँच माग

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । अखिल नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग पाँचबुँदे माग प्रस्तुत गरेको छ । खेलाडी संघले बिहीबार एन्फा कम्प्लेक्समा ध्यानाकर्षण पत्र बुझाएको हो । संघका अध्यक्ष विक्रम लामाले एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङलाई ध्यानाकर्षण पत्र बुझाउनुभएको थियो ।

संघले खेलाडी प्रशिक्षक विवादमा छानबिन समितिले दिएको सुझावका आधारमा प्रशिक्षकको विषयमा काम अघि बढाउन माग गरेको छ । यस्तै खेलाडीलाई वर्षभरि व्यस्त राख्ने गरी एन्फाको प्रतियोगिता क्यालेन्डर सार्वजनिक गर्न माग गरिएको छ ।

ADVERTISEMENT

त्यसबाहेक खेलाडी संघले फुटबलको वर्तमान संरचनाले खेलाडी र खेलको विकास सम्भव नभएकाले घरेलु फुटबलको संरचनालाई पुनर्संरचना गर्दै नयाँ खाका तयार गरेर कार्यान्वयन गर्न, खेलाडीको स्वास्थ्य बिमा र स्वास्थ्य उपचारका लागि उचित प्रबन्ध गर्न र घरेलु प्रतियोगिता नहुँदा खेलाडीहरू विदेश जानेक्रम बढेका कारण यथाशीघ्र क्लब फुटबलका कार्यक्रम सार्वजनिक गर्न एन्फासँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *