न्यु नलेज प्रि-क्वाटरफाइनलमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । न्यु नलेज प्रथम एन्जल्स एसइइ कप छात्र फुटसल प्रतियोगिताको प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ । एन्जल्स हार्ट कलेजद्वारा आयोजित प्रतियोगितामा बिवाइसी, कृजल एफसी, कथालय, शान्तिनगर फुटसल, एबिसी, अनुशासित ब्वाइज क्लब, सुजन एफसी र भाइरस एफसीले पनि प्रि-क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

प्रि–क्वाटरफाइनल पुग्ने अन्य टोलीमा ए वान फुटसलको ‘ए’ र ‘बी’ टिम, मनास्लु एकेडेमी, किलिङटार एफसी, गैरीगाउँ एफसी, जिवाइसी र मन्थली ब्वाइज रहेका छन् ।

ADVERTISEMENT

मनमैजुस्थित ए वान फुटसलमा भइरहेको प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ । विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउनेछन् । प्रोत्साहन स्वरूप पहिलो हुने टोलीलाई १०० प्रतिशत, दोस्रोलाई ७५ प्रतिशत र सहभागीलाई ३० प्रतिशत छात्रवृत्तिसमेत प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?