नवलपरासी । 'थानकोट भिरालो' बोलको प्रेम विरहको गीत युट्युबमा सार्वजनिक भएको छ। यो गीतलाई श्रीधर अधिकारी र मेलिना राईले आवाज दिएका छन्, गीतमा प्रेम र विरहको भावलाई गहिरो स्वरमा प्रस्तुत गरेका छन्।
गीतको शब्द रचना स्वाभिमान सुवेदीले रहेको गीतमा श्रीधर अधिकारीकै संगीत रहेको छ, भने विशाल निरौलाले संगीत संयोजन गरेका छन्। गीतका शब्द र संगीतले प्रेमको गहिरो अनुभूति र विछोडको पीडालाई सजीव बनाउने प्रयास गरेको छ।
भिडियोमा अर्जुन सापकोटा, जुनु एसडी, स्वाभिमान सुवेदीजस्ता कलाकारहरुको उत्कृष्ट अभिनय देख्न सकिन्छ। विशाल घिमिरेको निर्देशनमा तयार भएको यो भिडियोले प्रेम र विरहको भावलाई जीवन्त ढंगले प्रस्तुत गरेको छ। भिडियोको छायांकन दीपक गिरीले गरेका छन् भने अमृत चापागाईँले सम्पादन गरेका छन्, जसले भिडियोको दृश्यात्मक प्रभावलाई थप सशक्त बनाएको छ।
ूश्रीधर अधिकारीू युट्युब च्यानलबाट सोमबार सार्वजनिक गरिएको यो गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। गीतले युवा पुस्तामा प्रेमको भावनालाई संगीत र दृश्यको माध्यमबाट प्रस्तुत गर्ने उत्कृष्ट प्रयास गरेको छ। गीतले दर्शकहरूको मन जित्न सफल भएको र यसको लोकप्रियता दिन प्रतिदिन बढिरहेको देखिन्छ।
प्रेम र विरहको सुन्दर भावलाई संगीतमय ढंगले प्रस्तुत गर्ने यस गीतले नेपाली सांगीतिक क्षेत्रको उचाइलाई अझै माथि पु(याउने विश्वास गरिएको छ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts