इंग्ल्यान्डलाई युरो यु-१९ को उपाधि

Read Time = 2 mins

लन्डन । इंग्ल्यान्डको युवा टोलीले युइएफए युरो यु-१९ को उपाधि जितेको छ । इजरायललाई तीन-एक गोलअन्तरले पराजित गर्दै इंग्ल्यान्डले उपाधि उचालेको हो । शुक्रबार राती भएको फाइनलमा एक गोलले पछि परेको स्थितिमा इंग्ल्यान्डले पुनरागमन जित हात पारेको हो । इंग्ल्यान्डको जितमा कलुम डोयल, कारने चुकविमेका र आरोन राम्सेले एक-एक गोल गर्नुभयो । इजरायलका ओस्कार ग्लोचले एक गोल गर्नुभएको थियो ।

खेलको ४०औँ मिनेटमा ओस्कार ग्लोचको गोलबाट इजरायलले सुरुवाती अग्रता लिएको थियो । ४२औँ मिनेटमा कलुम डोयलले बराबरी गोल फर्काउनुभयो । अतिरिक्त १०८औँ मिनेटमा कारने चुकविमेकाले गोल गर्दै इंग्ल्यान्डलाई दुई-एकले अघि बढाउनुभयो । त्यसपछि ११६औँ मिनेटमा आरोन राम्सेले गोल गर्दै इंग्ल्यान्डलाई च्याम्पियन बनाउनुभयो ।

ADVERTISEMENT

यसअघि इंग्ल्यान्डले २०१७ मा पनि यु-१९ युरोकपको उपाधि जितेको थियो । त्यसपछिका दुई संस्करण (२०२० र २१) भने कोभिड-१९ का कारण हुन सकेका थिएनन् । योसँगै स्पेन र इंग्ल्यान्डले समान ११ पटक उपाधि जितेका छन् । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?