गोल्डेन गेटको विजयी सुरुवात

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । गोल्डेन गेटले यु-२३ पुरुष बास्केटबल प्रतियोगितामा बुधबार विजयी सुरुवात गरेको छ । कीर्तिपुरको नयाँबजारस्थित कभर्डहलमा भएको समूह चरणको खेलमा गोल्डेन गेटले बलर्स एकेडेमीलाई ८८-४८ ले पराजित गर्‍यो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुरले आइएसए नेपाललाई ६८-४० तथा रोयलले मेरिलियोनलाई ६१-४८ ले हराए ।

ADVERTISEMENT

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य-सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । ७१औँ मदन जयन्तीका अवसरमा आयोजित प्रतियोगितामा १० टिमको सहभागिता रहेको आयोजक विभागका प्रमुख विकु महर्जनले जनाउनुभएको छ ।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ । विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?