सलमानको नेपाल कन्सर्टमा ज्याकलिन नआउने

Read Time = 2 mins

मुम्बई । यही जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा हुन गइरहेको ‘दबंग टुर रिलोडेड’मा बलिउडमा थुप्रै कलाकारहरूको सहभागिता रहनेछ । बलिउड स्टार सलमान खानसहित अन्य कलाकारको प्रस्तुति रहने भनिएको कन्सर्टमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको पनि नाम थियो तर ज्याकलिन नआउने हुनुभएको छ ।

उहाँले विदेश यात्राको अनुमति माग्दै अदालतमा दायर निवेदनलाई बुधबार फिर्ता लिनुभएको छ । मनी लाउन्ड्रिङ केसमा मुछिनुभएकी उहाँले नेपाल, आबुधाबी र फ्रान्स यात्रामा जान अनुमतिका लागि दिल्ली अदालतमा निवेदन पेश गर्नुभएको थियो । उहाँको केसको सुनुवाइ भए पनि अदालतबाट केही आदेश नआएपछि उहाँले आफैँ निवेदन फिर्ता लिनुभएको हो ।

ADVERTISEMENT

आयोजकहरूले ज्याकलिनको तस्बिर राख्दै दबंग टुरको प्रचार गरिरहेको देखिन्छ । अब ज्याकलिनको ठाउँमा दक्षिण भारतीय अभिनेत्री पूजा हेगडे आउने बताइएको छ ।

ठगी मुद्दामा पक्राउ परेका सुकेशचन्द्र शेखरसँग सम्बन्ध भएको भन्दै उहाँलाई प्रवर्तन निर्देशनालय (इडी)ले देश छोडेर जान रोक लगाएको थियो । केही दिन अगाडि इडीले उहाँको सात करोड २७ लाख भारतीय रुपैयाँको सम्पत्तिसमेत जफत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?