ग्रिन भिलेजलाई उपाधि

Read Time = 3 mins

काठमाडौं । ग्रिन भिलेज फाउन्डेसनले प्रथम ब्राइट फ्युचर एसइई कप छात्र फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । नैकापस्थित ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस टु विभागद्वारा आयोजित प्रतियोगिताको फाइनलमा ग्रिन भिलेजले यशस्वीलाई ६-२ गोलले पराजित गर्‍यो । विजयी टिमका लागि कप्तान समिर बोहरा एक्लैले ४ गोल गर्नुभयो । सारुन कुँवर र जेनिश बस्नेतले १-१ गोल थप्नुभयो । यशस्वीका धननाथ ढुंगेलले २ गोल फर्काउनुभयो ।

विजेताले २५ हजार नगदसहित ब्राइट फ्युचरमा प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाउनुभयो । दोस्रो भएको यशस्वीले १५ हजार नगदसाथ प्लस २ मा भर्ना हुन ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्‍यो । ग्रिन भिलेजका समिर नै प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुनुभयो । प्रतियोगिताभर आठ गोल गरेका नेपाल राष्ट्रिय माविका होमराज नेगी सर्वाधिक गोलकर्ता बन्नुभयो । ग्रिन भिलेजका नितेश बस्नेत उत्कृष्ट गोलरक्षक चुनिनुभयो । ध्रुव तारा अनुशासित टिम ठहरियो । चारै विधालाई ५ हजार नगदसहित प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराइयो ।

ADVERTISEMENT

विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगाना, राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन, पूर्वराष्ट्रिय फुटबलर रमेश बुढाथोकी, ब्राइट फ्युचरका संस्थापक निर्देशक मोहन कार्की, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापा, ब्राइट फ्युचर प्लस २ विभागका प्रमुख श्याम महर्जन, नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की, जनार्दन ढुंगेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । तीनदिने नकआउट प्रतियोगितामा २५ टिम सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?