काठमाडौं । एएफसी यु-२० महिला नेपाली टोली स्वदेश फर्किएको छ ।
एसियन कप छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको नेपाली टोली सोमबार राति २ बजे स्वदेश फर्किएको हो ।
टोलीलाई अखिल नेपाल फुटबल (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए ।
समूह ‘बी’ मा रहेको नेपाल दुई खेलमा शतप्रतिशत नतिजाका साथ शीर्ष स्थानमा रहेर दोस्रो चरण प्रवेश गरेको छ ।
नेपालले पहिलो खेलमा प्यालेस्टाइन र दोस्रो खेलमा नर्दन मारियाना आइसल्यान्डमाथि जित निकालेको थियो ।






