रासफोर्ड महिनाको उत्कृष्ट खेलाडी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

लण्डन । म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कुस रासफोर्डले तेस्रोपटक प्रिमियर लिगमा प्लेयर अफ द मन्थ अवार्ड जित्नुभएको छ । रासफोर्डले फेबु्रअरी महिनाको प्लेयर अफ द मन्थ अवार्ड जित्नुभएको हो ।

२५ वर्षीय रासफोर्डले फेब्रुअरीमा पाँच खेल खेल्दै चार गोल गर्नुभएको थियो । रासफोर्डले यसअघि सेप्टेम्बर र जनवरीमा प्लेयर अफ द मन्थ अवार्ड जित्नुभएको थियो । एकै सिजन तीनपटक प्लेयर अफ द मन्थ अवार्ड जित्दै रासफोर्डले मोहमद सलाहको कीर्तिमानमा बराबरीसमेत गर्नुभएको छ ।

लिभरपुलका सलाहले २०१७-१८ को सिजन तीनपटक प्लेयर अफ द मन्थ अवार्ड जित्नुभएको छ । यस्तै, म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले फेबु्रअरीको म्यानेजर अफ द मन्थ अवार्ड जित्नुभएको छ । उहाँले दोस्रोपटक यो अवार्ड जित्नुभएको हो ।

ADVERTISEMENT

बार्सिलोनालाई कारबाही
यता, स्पेनिस क्लब बार्सिलोनामाथि रेफ्री समितिका पूर्वउपाध्यक्ष जोसे मारिया एनरिकेज नेग्रेरालाई गरेको भुक्तानीमा भ्रष्टाचार गरेको आरोप लागेको छ । गत महिना बार्सिलोनाले रेफ्री समितिका पूर्वउपाध्यक्ष जोसे मारिया र उहाँको स्वामित्वमा रहेको कम्पनीलाई ८.४ मिलियन युरो भुक्तानी गरेको खुलासा भएको थियो । बार्सिलोनाले २००१ देखि २०१८ को बीचमा उक्त भुक्तानी गरेको थियो ।

बार्सिलोनाको सरकारी वकिलको कार्यालयले उक्त भुक्तानीविरुद्ध मुद्दा दायर गरेको थियो । बार्सिलोनाको एक अदालतले शुक्रबार भ्रष्टाचार, विश्वासको उल्लंघन र झुटो व्यापार रेकर्डको आरोपमा दोषी ठहर गरेको छ । ला लिगाका प्रमुख कार्यकारी जाभियर टेबासले गत महिना भन्नुभएको थियो कि बार्सिलोनाका वर्तमान अध्यक्ष जोन लापोर्टाले भुक्तानीबारे व्याख्या गर्न असमर्थ भएमा राजीनामा दिनुपर्छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *