फोफानाको गोलमा चेल्सीको सहज जीत

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रिमियर लिगमा चेल्सीले लिड्स युनाइटेडलाई १–० ले पराजित गरेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा चेल्सीका वेस्ले फोफानाले दोस्रो हाफमा सुरूमा नै गरेको गोल नै निर्णायक बन्यो । उनले ५३औं मिनेटमा बेन चिलवेलको पासमा गोल गर्न सफल भएका थिए ।

यस जितसँगै चेल्सीले २५ खेलमा ३४ अंक जोडेको छ । चेल्सी दशौँ स्थानमा रहेको छ ।

ADVERTISEMENT

लिड्स २२ अंक जोडेर १७ औं स्थानमा रहेको छ । अर्को खेलमा उल्भ्सले टोटेनहमलाई १-० ले हराएको छ । ब्राइटनले वेस्ट ह्यामलाई ४-० ले हराएको छ ।

एस्टन भिल्लाले क्रिस्टल प्यालेसलाई १-० ले हराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *