खुमलटारमा भारतीय डिफेन्डर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको नवप्रवेशी क्लब एफसी खुमलटारले भारतीय डिफेन्डर सन्विल डी कोस्टालाई अनुबन्ध गरेको छ । खुमलटारले बिहीबार दक्षिण एसियाली कोटामा डिफेन्डर कोस्टालाई अनुबन्ध गरेको जनाएको छ ।

राजस्थान युनाइटेड एफसीबाट खुमलटारले कोस्टालाई अनुबन्ध गरेको हो । खुमलटारले उहाँलाई एक सिजनका लागि अनुबन्ध गरेको हो । नयाँ सिजनको ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनका आधारमा हुनेछ ।

ADVERTISEMENT

खुमलटारले पहिलोपटक शीर्ष डिभिजन लिग खेल्न लागेको हो । खुमलटार बी डिभिजन लिगको उपविजेता बन्दै शीर्ष डिभिजनमा उक्लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *