प्रतियोगितामा सहभागी हुन कराँते खेलाडी श्रीलंका प्रस्थान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

भैरहवा ।  तेस्रो अन्तराष्ट्रिय  खुल्ला कराँते प्रतियोगितामामा सहभागिता जनाउन नेपालका ६ कराँते खेलाडी श्रीलंका तर्फ प्रस्थान गरेका छन ।

मार्च ४ मा श्रीलंकामा आयोजना हुने लागेको कराँते प्रतियोगिताको लागि वादोरियो कराँते डो संघका खेलाडि कमरुद्धिन अलि, शोभाखर पन्त, स‌ंयम् कडेँल, पुरुषाेत्तम पोख्रेल, विष्णु भट्टराई र श्रेया राई श्रीलंका तर्फ प्रस्थान गरेका हुन । उनिहरुलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले एक कार्यक्रमका बीच माला लगाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै विदाई गरेका थिए ।

कार्यक्रममा विशिष्ठ अतिथि नेपाल कराँते महासंघ लुम्बिनी प्रदेश संयोजक भरत बहादुर केशीले मार्सल आर्ट भगवान गौतबुद्धसँग सम्बन्धित रहेको खेल भएका कारण नेपाललाई अन्तराष्ट्रिय स्तरमा गौतमबुद्धको देश भनेर चिनाउने कराँते खेलाडिलाई राम्रो अवसर भएकोले अनुशासित बनेर खेल प्रदर्शन गर्न शुभकामना दिए ।

ADVERTISEMENT

विदाई कार्यक्रममा खेलाडिलाई विदाई शुभकामना दिदै मदन भण्डारी स्पार्ट एकेडमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यले  नेपाली खेलाडिहरु जहिले पनि अहिंसाको पक्षमा रहेको र सामाजिक विकृतिका विरुद्ध खेल खेल्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *