ससिआरसी र जेभियरलाई उपाधि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । सिसिआरसी र जेभियरले छैटौँ हिसान खेलकुद सप्ताहअन्तर्गत बास्केटबल उपाधि जितेका छन् । सिसिआरसी ब्वाइज तथा जेभियर गल्र्समा च्याम्पियन बने । सिसिआरसीले हिमालयन हृवाइटहाउसलाई ६१-४६ ले पराजित गर्‍यो ।

सिसिआरसीका समिप खत्रीले ३२ अंक जोड्नुभयो । गल्र्सको उपाधि भिडन्तमा जेभियरले साइपाल एकेडेमीलाई २४-१७ ले हरायो । जेभियरकी सृष्टि राईले १० अंक जोड्नुभयो ।

ADVERTISEMENT

ब्वाइजमा सिसिआरसीका समिप र गल्र्समा जेभियरकी कृति चौधरी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य-सचिवसमेत रहनुभएका हिसानका अध्यक्ष रमेश सिलवाल, हिसानका उपाध्यक्ष हरि लामिछाने, केन्द्रीय सह-कोषाध्यक्ष नरेन्द्र अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

बास्केटबलको प्रतिस्पर्धासँगै खेलकुद सप्ताह सम्पन्न भएको छ । खेलकुद सप्ताहमा बास्केटबलसहित भलिबल, फुटसल र टग अफ वारमा प्रतिस्पर्धा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *