बैंकिङ कसुर मुद्दाका फरार दुई प्रतिबादी पक्राउ

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले अदालतबाट बैंकिङ कसुर मुद्दाका फरार दुई प्रतिबादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका-२ का ३६ बर्षिय लोहनी भन्ने ईश्वर राज लोहनी र थाक्रे गाउँपालिका-४ का राजेन्द्र लुंगेली रहेको जिल्ला प्रहरी धादिङले जनाएको छ ।

उच्च अदालत पाटनले लोहनीलाई सवारी ज्यान मुद्दा फैसलाअनुसार जरिवाना नतिरी २०७७/१०/२३ गतेको फैसला आदेशले बैंकिङ कसुर मुद्दामा १ लाख २९ हजार ७०० जरिवाना भई फरार भएका थिए ।

ADVERTISEMENT

यस्तै धुनिवेशी-२ बस्ने ३६ वर्षिय लोहनीलाई २०६८/०१/१५ गतेको फैसला आदेशले सवारी ज्यान मुद्दामा २ हजार जरिवाना भई फरार रहेका प्रतिवादी थाक्रे-४ का ३५ वर्षिय राजेन्द्र लुंगेलीलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि धादिङ जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी सन्तुलाल प्रसाद जैसवारले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *