बाघको हड्डीसहित दुई युवक पक्राउ

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 3 mins

डडेल्धुरा । डडेल्धुरामा बाघको हड्डीसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुराको बुढीगंगा नगरपालिका–१० घर भई बडिमालिका नगरपालिका–८ मार्तडीमा बीसीडी वर्कसपका संचालक २६ वर्षीय राजेन्द्र जैसी र बाजुराकै खप्तड छेडेदह गाउँपालिका–७ घर भई मार्तडीकै सितल मदिरा स्टोरका संचालक २७ वर्षीय वीरबहादुर ओली रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मनोहर भट्टका अनुसार दुवैजनालाई शनिबार राति साढे १२ बजे जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्यूरो (आरआईटी) को संयुक्त टोलीले अमरगढी नगरपालिका–५ बागबजारमा पक्राउ गरि आईतवार दुबैजनालाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

‘संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपोसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विषेश सूचनाको आधारमा हामीले उनीहरूले बोकेको झोला चेकजाँच गर्दा झोलामा रहेको संरक्षित वन्यजन्तुको आखेटोपहारको जस्तो देखिने वस्तु फेला पारी पक्राउ गरेको डीएसपी भट्टले बताउनु भयो ।

ADVERTISEMENT

झोलाबाट टाउकोजस्तो देखिने अस्थिपञ्जर, हड्डीमाथि तर्कको चारवटा दाँतहरू देखिएको हड्डी एक थान, तल्लो बाङग्राको जस्तो देखिने हड्डी दुई थान, मेरुदण्डको जस्तो देखिने हड्डी २९ थान, करङको जस्तो हड्डी २२ थान, फीलपातको जस्तो देखिने हड्डी ५ थान, नलि हड्डी जस्तो देखिने हड्डी १० थान, विभिन्न प्रकारका स–साना हड्डी २७ गरी जम्मा ९६ थान तथा ४.०५ किलो हड्डी बरामद गरिएको डीएसपी भट्टले बताउनु भयो ।

बरामद गरिएको बाघको हड्डी अनुसन्धानका लागि डिभिजन वन कार्यालय डडेल्धुरालाई जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?