बराबरीमा रोकियो म्यानचेस्टर सिटी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी जर्मन क्लब आरबी लाइप्जिगसँग बराबरीमा रोकिएको छ ।

युइएफए च्याम्पियन्स लिगअन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लिगमा घरेलु टोली लाइप्जिगसँग १–१ गोलसँगै सिटी बराबरीमा रोकिएको हो ।

सिटीका रियाद महारेजले गोल गरे पनि घरेलु टोली लाइप्जिगका जोस्को जिभार्डीओलले बराबरी गोल फर्काएका थिए ।

ADVERTISEMENT

रेडबुल एरिना लाइप्जिगमा बुधबार राति भएको खेलमा सिटीले लाइप्जिगलाई रियाद महारेजले इल्केए गुन्डोगानको पासमा २७औं मिनेटमा लिएको अग्रता सिटीले जोगाउन सकेन ।

७०औं मिनेटमा जोस्को जिभार्डीओलले गोल गर्दै लाइप्जिगलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

यद्धपी, बराबरी भए पनि दुवै टोली क्वाटरफाइनल पुग्ने सम्भावना भने जिबितै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *