एनआरटीमा भारतका खेलाडी अनुबन्धित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । न्युरोड टिम (एनआरटी)मा भारतका युवा फरवार्डद्वय सैभिस सिंह र लालनुन्जामा कोल्ने क्लबमा अनुबन्धित हुनुभएको छ । एनआरटीले आगामी सिजनका लागि भारतका १९ वर्षीय सैभिस र लालनुन्जामालाई एसियन कोटामा क्लबमा अनुबन्ध गरेको हो ।

ADVERTISEMENT

सैभिसले सन् २०२२ मा दिल्ली युनाइटेड फुटबल क्लबबाट खेल्नुभएको थियो । लालनुन्जामाले यसअघि एफसी गोआबाट खेल्नुभएको थियो ।
यो सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । डबल राउण्ड रोबिनका आधारमा हुने लिग जेठ २५ गतेसम्म चल्नेछ । एनआरटीले फागुन २१ गते सातदोबाटो युथ क्लबसँग खेल्दै नयाँ सिजनको लिगको सुरुवात गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *