सस्सुलोमाथि नेपोलीको जित

Read Time = 1 min

टुरिन । नेपोलीले इटालियन सिरी ‘ए’ मा सस्सुलोमाथि २-० को जित हात पारेको छ । योसँगै शीर्षस्थानमा नेपोलीले १८ अंकको अग्रता बनाएको छ । नेपोलीको जितमा कभिचा कभाराट्सकेलिया र भिक्टर ओसिमहेनले गोल गर्नुभयो ।

खेलको १२औँ मिनेटमा कभिचा कभाराट्सकेलियाले गोल गर्दै नेपोलीलाई १-० को अग्रता दिलाउनुभयो । उहाँले म्याथिअस ओलिभेराको पासमा गोल गर्नुभएको थियो । ३३औँ मिनेटमा भिक्टरले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पार्नुभयो ।

ADVERTISEMENT

त्यसपछि इन्जुरी समयमा नेपोलीका जियोभानी सिमिओनले गोल गर्नुभए पनि त्यसले भिएआरबाट मान्यता पाएन । यस जितसँगै नेपोलीले शीर्षस्थानमा १८ अंकको अग्रता बनाएको छ । नेपोलीको २३ खेलबाट ६२ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टर मिलानको ४४ अंक छ । पराजित सस्सुलो २४ अंक जोडेर १५औँ स्थानमा छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *