आईसीसी विश्वकप क्रिकेट लिग: नेपाललाई झट्का, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल आउट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काडमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्याण्डले दिएको चुनौती पछ्याएको नेपाललाई झट्का लागेको छ ।

नामिबियाविरुद्ध उत्कृष्ट खेलेका कुशल भुर्तेल आउट भएका छन् । नामिवियाविरुद्ध शतकीय इनिङ्स खेलेका भुर्तेलले ८ बलमा ४ चौकासहित १६ रन बनाएर आउट भएका हुन् । साथै ज्ञानेन्द्र मल्ल पनि ४ रन जोडेर आउट भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले दिएको २७५ रनको चुनाती नेपालले पछ्याइरहेको छ । ३ ओभरको समाप्तिमा २ विकेट गुमाएर नेपालले ३६ रन जोड्दै चुनौती पछइरहेको छ ।

ADVERTISEMENT

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले पूरा ओभरको समाप्तिमा ९ विकेट खर्चिएर २७४ रन जोडेको हो ।

स्कटल्याण्डका लागि माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १०७ रनमा नट आउट रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *