काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग(२ को त्रिदेशीय सिरिजअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो । स्कटल्याण्डले केही बेरमा नेपालविरुद्ध ब्याटिङ गर्नेछ । पहिलो खेलमा नामिबियालाई पराजित गरेका दुवै टोली आज दोस्रो जितको खोजीमा छ ।
घरेलु टोली नेपाल स्कटल्याण्डलाई पराजित गर्ने सोचका साथ मैदानमा उत्रनेछ। यस्तै स्कटल्याण्डसँग हुने खेलमा नेपाली टोलीमा एउटा खेलाडी परिवर्तन भएका छन् ।
यसअघि फागुन २ गते नामिबियासँग भएको खेलका क्रममा प्लेइङ–११ मा भएका ललितनारायण राजवंशीलाई बेन्चमा राख्दा गुलशन झालाई मौका दिइएको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts