काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित ल्होत्से मलमा लुटपाट गर्नेलाई पक्राउ गरी कारबाही गर्न गृहमन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ ।
सोमबार आन्दोलनका क्रममा ल्होत्से मलमा ८ करोड बढीको मोबाइल लुटपाट भएका छन् । मोवाइल पसलबाट मोवाइल लुटपाट गरेको भिडियोहरु समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
मंगलबार गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई टेलिफोन गरी उक्त घटनामा संलग्नको पहिचान गरेर कारबाही गर्न निर्देशन दिएनुभएको हो ।
यसैबीच, लुटपाट गर्ने चार जनालाई प्रहरीले मोबाइलसहित पक्राउ गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच