मदानेमा अध्यक्ष कप खुला भलिबल प्रतियोगिता हुँदै

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले अध्यक्ष कप खुला भलिबल प्रतियोगिता हुने भएको छ । यस पालिकाको आर्थिक वर्ष २०७९–८० स्वीकृत वार्षिक कार्यक्रम अनुसार फागुन ५,६ र ७ गते पुर्कोटदहको गोलपोखरीमा हुने भएको हो ।

प्रतियोगितामा गाउँपालिकाका ७ वटै वडाबाट अनिवार्य दुई टिम सहभागी हुनेछन् । जसमा पुरुष भलिबलका लागि टिम एक र महिला भलिबलका लागि एक टिम अनिवार्य सहभागी हुने गाउँपालिकाले जनाएको छ ।

ADVERTISEMENT

गाउँपालिकाका अनुसार प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले ४० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछ । द्वितीय हुनेले ३० हजार नगदसहित मेडल र प्रमाणपत्र पाउनेछ । तृतीय हुनेले २० हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने बताइएको छ ।

त्यस्तै, महिलातर्फ प्रथम हुनेले २० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछ । द्वितीय हुनेले १५ हजार नगदसहित मेडल र प्रमाणपत्र पाउनेछ । तृतीय हुनेले १० हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *