स्कटल्याण्डको टोली नेपालमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) सिरिज खेल्न स्कटल्याण्डको टोली नेपाल आइपुगेको छ । स्कटल्याण्डको टोली बिहीबार बिहान नेपाल आइपुगेको हो । नेपाल क्रिकेट संघका पदाधिकारीहरूले टोलीलाई स्वागत गरेको छ ।

स्कटल्याण्डको टोलीमा रिची बेरिंगटन (कप्तान), काइल कोट्जर, म्याट क्रस, क्रिस ग्रेभ्ब्स, ज्याक जार्विस, माइकल लिस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकुलम, जर्ज मुन्शे, लियाम नेलर (विकासका लागि लिएको खेलाडी), शफ्यान शरिफ, क्रिस सोले, हम्जा ताहिर, मार्क वाट् रहनुभएको छ ।

ADVERTISEMENT

स्कटल्याण्डको यो अन्तिम लिग हो । नेपाल, नामिबिया र स्कटल्याण्डबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ । स्कटल्याण्ड ३२ खेलमा २२ मा जित र आठमा हारसहित ४६ अंकका साथ शीर्षस्थानमा छ । स्कटल्याण्ड शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्नुका साथै सोझै एकदिवसीय विश्वकप ग्लोबल छनोटमा पुगिसकेको छ । अब बाँकी दुई टोलीले सोझै विश्वकपमा स्थान बनाउनेछन् । नेपालले भने शीर्ष तीनमा स्थान बनाउन बाँकी सबै खेल जित्नुपर्ने हुन्छ ।

नेपाल २४ खेलमा आठमा जित र १४ मा हारका साथ १८ अंक जोड्दै छैटौँ स्थानमा छ । नामिबिया ३० खेलमा १८ मा जित र ११ मा हारसहित ३७ अंक जोड्दै तेस्रो स्थानमा छ । नेपालले भने हालसम्म अन्तिम टोली घोषणा गरेको छैन । नेपालले शुक्रबार टोली घोषणा गर्ने सम्भावना छ । नामिबियाको टोली भने दुई दिनपछि आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *