साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल र भारत भिड्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । साफ अण्डर २० महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दैछन् । बंगलादेशको ढाकामा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ ।

पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको नेपालले भुटानमाथि ४-० गोलको जितका साथ पुनरागमन गरेको थियो । भुटानविरुद्ध अमिशा कार्कीले ह्याट्रिक गरेकी थिइन् ।

दुई खेलबाट तीन अंक जोडेको नेपाल तालिकाको तेस्रो स्थानमा छ। भारत जारी प्रतियोगितामा अपराजित छ । पहिलो खेलमा भारतले भुटानलाई १२-० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।

ADVERTISEMENT

दोस्रो खेलमा बंगलादेशसँग भने गोलरहित बराबरीमा रोकियो । चार अंककासाथ भारत शीर्ष स्थानमा छ । समान अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ।

बंगलादेशले आजै भुटानसँग खेल्नेछ । राउन्ड रोविन लिगका यी अन्तिम खेलले फाइनल पुग्ने दुई टिमको टुंगो लाग्नेछ ।नेपाललाई उपाधि नजिक पुग्न भारतलाई पराजित गर्नु पर्नेछ । भारतलाई फाइनल पुग्न एक अंक पर्याप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *