पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवान र सन्दीप लामिछानेको भेट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाल भ्रमणमा आएका पाकिस्तानी विकेटकिपर ब्याटर मोहम्मद रिजवानले नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन् ।

बलात्कार आरोप खेपिरहेका लामिछाने थुनामुक्त भएपछि हालै टिममा फर्किएका थिए । उनी टिममा फर्किएको विषय विवादमा परेको छ । र यही बेला नेपाल भ्रमणमा आएका रिजवानले सोमबार बिहान लामिछानेसहित राष्ट्रिय क्रिकेटरहरुसँग भेटेका हुन् ।

ADVERTISEMENT

नेपाल आएको भोलिपल्ट बिहान रिजवानले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीसहितलाई भेटेका हुन् । यसअघि आइतबार नै रिजवानले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेका थिए ।

रिजवान सोमबार मध्यान्ह स्वदेश फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *