काठमाडौं । ह्यारी केनको निर्णायक तथा कीर्तिमानी गोलमा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा टोटेनहमले सिटीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
टोटेनहमको जितमा ह्यारी केन नायक सावित भए । खेलको १५ औं मिनेटमा केनले गोल गरेका थिए । जुन गोल टोटेनहमको जितमा प्रयाप्त रह्यो ।
खेलको ७८ औं मिनेटमा क्रिस्टियन रोमेरोले रातो कार्ड पाएपछि टोटेनहम १० खेलाडीमा समेटिएको थियो ।
सिटीलाई पराजित गर्ने क्रममा केन टोेटनहमको सर्वकालिन कीर्तिमानी खेलाडी बने । जितसँगै पाँचौं स्थानमा रहेको टोटेनहमको २२ खेलबाट ३९ अंक भएको छ।
हारसँगै सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी कम गर्ने मौका गुमायो। सिटीको २१ खेलबाट ४५ अंक रहेको छ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts