काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक चरणको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । दुई सातापछि घरेलु मैदान टियुमा हुने आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) सिरिजका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा रहने खेलाडी घोषणा भएका छन् ।
स्कटल्याण्ड र नामिबियासँग हुने खेलका लागि ब्याटर सिद्धान्त लोहनी, शरद भेषावकर, अभिनाश बोहरासहित १० खेलाडी नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणबाट बाहिरिनुभएको थियो । क्यानले गत शुक्रबार २८ सदस्य खेलाडी बोलाएको थियो । त्यसबाहेक शरद, सिद्धान्तबाहेक भुवन कार्की, विनोद भण्डारी, अंकित सुवेदी, सागर ढकाल, विवेक यादव, अनिल शाह, अभिनाश बोहरा र विक्रम सोब पहिलो चरणको बन्द प्रशिक्षणबाटै बाहिरिएका छन् ।
दोस्रो चरणमा कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, आशिफ शेख, कुशल मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, सन्दीप जोरा, भीम सार्की, प्रतिश जिसी, कमलसिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ, सोमपाल कामी र अर्जुन साउद रहनुभएको छ ।
पहिलो चरणमा प्रशिक्षणमा नभएका प्रतिश जिसी र सन्दीप लामिछानेलाई भने अन्तिम २० मा बोलाइएको छ । प्रतिश जिसीले प्रशिक्षणमा राम्रो गरेपछि टोलीमा बोलाएको हो । बलात्कार आरोप लागेका पूर्वकप्तान सन्दीप लामिछानेलाई क्यानले प्रशिक्षणमा सामेल गर्ने निर्णय लिएको हो ।
नवनियुक्त मुख्य प्रशिक्षक मोन्टी देशाईले नेपाली टोलीलाई प्रशिक्षण दिँदै हुनुहुन्छ । नेपालले पहिलो खेल फागुन २ (फेब्रुवरी १४) मा नामिबियासँग खेल्दैछ । दोस्रो खेल फागुन ५ (फेब्रुवरी १७) मा स्कटल्याण्डसँग खेल्नेछ । नेपालले फागुन ६ (फेब्रुवरी १८) मा नामिबियासँग खेल्नेछ । नेपालले यस सिरिजको अन्तिम खेल फागुन ९(फेब्रवरी २१) मा स्कटल्याण्डसँग खेल्नेछ ।
नेपाल २४ खेलमा आठ मा जितसहित १८ अंक जोड्दै छैटौं स्थानमा छ । नेपालले अब विश्वकप लिग २ मा १२ खेल खेल्न बाँकी छ । शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन कम्तीमा नौ खेल जित्नुपर्ने हुन्छ । शीर्ष तीनमा रहँदै सोझै एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पुरै खेल जित्नुपर्ने हुन्छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts