‘स्कुल-स्कुलमा भलिबल’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

पोखरा । भलिबल खेलको विकास, विस्तार र खेलाडी उत्पादनको लक्ष्यसहित गण्डकी प्रदेशको राजधानी शहर पोखरामा सामुदायिक (सरकारी) विद्यालयस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता हुने भएको छ । सिर्जना विकास केन्द्र पोखरा र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा आगामी फागुन १६ देखि १९ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा प्रतियोगिता सञ्चालनको तयारी गरिएको हो ।

नेपालको राष्ट्रिय खेल भलिबललाई थप लोकप्रिय बनाउन र विद्यालयबाट खेलको जग बलियो बनाई जिल्ला, प्रदेश तथा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले पाँचौँ संस्करणको ‘सिर्जना कप सामुदायिक विद्यालय छात्रछात्रा भलिबल’ प्रतियोगिता गर्न लागिएको केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदको मूल नारालाई आत्मसात गरी स्कुल-स्कुलमा भलिबल खेल पु¥याउने लक्ष्यसहित प्रतियोगितालाई निरन्तरता दिइएको हो । उहाँले भन्नुभयो, ‘खेलकुदमा पछि परेको सामुदायिक विद्यालयमा प्रतियोगिताले भलिबल खेलको विस्तार र खेलाडी उत्पादनमा मद्दत पुग्नेछ । गाउँ-गाउँबाट नवप्रतिभाले आफ्नो खेल कौशल प्रस्तुत गर्ने अवसर पाउनेछन् ।’

ADVERTISEMENT

प्रतियोगिताले कुना-कन्दरामा लुकेर रहेका प्रतिभाले आफ्नो प्रतिभा उजागर गर्न पाउने र त्यसबाट राम्रा खेलाडी उत्पादन हुने विश्वास आयोजकको छ । कास्कीका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मका विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कुल ५० विद्यालयले उपाधिका लागि प्रतिस्पर्धा गर्ने विश्वास आयोजकको छ ।

प्रतियोगिताको उपाधि विजेता छात्रछात्रा दुवैतर्फलाई एक÷एक लाख, उपविजेतालाई ६०/६० हजार र तृतीय हुने विद्यालयलाई ३५/३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक मिनप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

यसैगरी सर्वोत्कृष्ट छात्रछात्रा दुवैलाई पाँच/पाँच हजार र अन्य ६ विधाका उत्कृष्ट खेलाडीसमेतलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न ११ लाख खर्च लाग्ने र १२ लाख ५० हजार आम्दानी गरी बचत रकम भलिबल खेलको विकासमा खर्च गरिने बताइएको छ । कोष खडा गरी जम्मा भएको रकम खेल विकासमा लगाउने योजना रहेको प्रचारप्रसार संयोजक इन्द्रप्रसाद पौडेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *